कांग्रेस बैठकमा छलफल : देशी-विदेशी शक्तिले नेकपालाई फेरि मिलाउन चलखेल गर्दैछन् – Nepal Press

कांग्रेस बैठकमा छलफल : देशी-विदेशी शक्तिले नेकपालाई फेरि मिलाउन चलखेल गर्दैछन्

एक्लै चुनावमा जान पनि तयार रहनुपर्नेमा नेताहरूको जोड

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति वैठकमा गठबन्धनलाई निरन्तरता दिनु उचित हुने वा नहुने विषयमा छलफल चलेको छ । नेताहरूले आ-आफ्ना भनाइ राखिरहेका छन् ।

केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार धेरै नेताहरू गठबन्धनलाई कायम राख्नुपर्ने पक्षमा नै छन् । तर, हिजो स्थानीय चुनावमा तालमेल गर्दा विभिन्न समस्या दिएको र सबैले सबैलाई सहयोग गर्न नसकेकोले पार्टी सचेत हुनुपर्नेमा उनीहरुले जोड दिए ।

महरका अनुसार एमाले र माओवादी फेरि मिल्न सक्ने सम्भावनाका विषयमा पनि चर्चा भएको थियो ।

नेताहरूको भनाइ उद्धृत गर्दै महरले भने, ‘नेकपा मिल्न सक्ने सम्भावना पनि त्यत्तिकै छ । देशी-विदेशी शक्तिहरूले विभिन्न चलखेल अगाडि बढाइरहेका छन् । त्यसो हो भने गठबन्धनको तयारी सँगसँगै गठबन्धन नहुने परिस्थितिमा एक्लै चुनाव लड्न पनि कांग्रेसले आफूलाई तयार राख्नुपर्छ ।’

हालै चिनिया प्रतिनिधिमण्डलले नेकपा एमाले र नेकपा माओवादीका नेताहरूसँग लामो भेटवार्ता गरेपछि कांग्रेसभित्र संशय पलाएको स्रोतले बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर