किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा वडाध्यक्ष पक्राउ – Nepal Press

किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा वडाध्यक्ष पक्राउ

हेटौँडा । १४ वर्षकी किशोरीलाई बलात्कार प्रयास गरेको आरोप लागेका मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष भुवन सिंह घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडाध्यक्ष घलानलाई हेटौँडाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । प्रवक्ता कार्की अनुसार घलान आफै प्रहरी कार्यालयमा आएका हुन् ।

घलान विरुद्ध कैलाश-९ को कालिका माविकी १४ वर्षीया छात्रा विद्यार्थीले बलात्कार प्रयासको जाहेरी दिएपछि जिल्ला अदालत मकवानपुरबाट सोमबार पक्राउ पुर्जी जारी भएको थियो ।

पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले सोमबार नै खोजी कार्यलाई तीव्र पारेको थियो । घलान मङ्गलवार आफै प्रहरी कार्यालय आएको प्रवक्ता कार्कीलेले बताए । घटनाको आवश्यक थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।

१४ वर्षीया बालिकाले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुन हेटौँडा आउँदा वडाध्यक्ष घलानले बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।

हेटौँडा-१ जरुवा टोल स्थित असन गेस्ट हाउसको तेस्रो तलामा १९ गते राति १२ : ३० बजेको समयमा वडाध्यक्षले आफूलाई बलात्कारको प्रयास गर्ने उद्देश्यले शरीरको संवेदनशील अङ्गहरूमा सुमसुम्याएको जाहेरीमा उल्लेख गरेकी छिन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर