रेडक्रस कार्यालयमा आज पनि प्रहरी हस्तक्षेप (तस्बिरहरू) – Nepal Press

रेडक्रस कार्यालयमा आज पनि प्रहरी हस्तक्षेप (तस्बिरहरू)

काठमाडौं । नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ । केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई प्रहरीले प्रवेश गर्न नदिएको हो ।

सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै प्रहरीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको हो । रेडक्रस तदर्थ समितिका अध्यक्ष नेत्रराज तिम्सिनालगायत पदाधिकारी मंगलबार पनि कार्यालय पुगेका थिए । तर, उनीहरूलाई प्रहरीले प्रवेश गर्न दिइएन । प्रहरीले रोक लगाएपछि दुवै पक्षबीच वादविवाद चलेको थियो ।

रेडक्रसको अघिल्लो कार्यसमितिका पदाधिकारी भ्रष्टाचारमा मुछिएपछि ओली सरकारले कार्यसमिति विघटन गरी तिम्सिनाको नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *