यू-२० टिमको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए – Nepal Press

यू-२० टिमको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

काठमाडौं । बन्द प्रशिक्षणमा रहेको यू-२० राष्ट्रिय फुटबल टिम ३० सदस्यमा घटाइएको छ ।

साफ यू-२० च्याम्पियनसिप र एसियन कप छनोटका लागि प्रारम्भिक चरणमा डाकिएका ४१ खेलाडीमध्येबाट ११ जनालाई बाहिर राख्दै मुख्य प्रशिक्षक मेघराज केसीले ३० खेलाडीलाई दोस्रो चरणका लागि बोलाएका हुन् ।

नेपालले यू-२० साफको पहिलो खेल जुलाई २५ मा माल्दिभ्सविरुद्ध खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग २७ जुलाईमा प्रतिस्पर्धा गर्नेछ । भारतसँग तेस्रो खेल ३१ जुलाईमा खेल्नेछ । समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशविरुद्ध खेल्नेछ ।

यू-२० राष्ट्रिय टीम एसिया कप छनोटमा नेपाल कतार, बहराइन, बंगलादेश र भूटानसँगै समूह ‘बी’ मा रहेको छ ।

नेपालले पहिलो खेल भूटानविरुद्ध सेप्टेम्बर १० मा, दोस्रो खेल सेप्टेम्बर १२ मा कतारविरुद्ध खेल्नेछ । तेस्रो खेलमा बहराइनसँग सेप्टेम्बर १४ मा प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेलमा बंगलादेशसँग सेप्टेम्बर १८ मा खेल्नेछ ।

दोस्रो चरणमा डाकिएका ३० खेलाडी मध्य २३ खेलाडीले साफ र एसियन कप छनोट खेल्नेछन् ।

नेपाली टिमः

गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियाथर शेख

डिफेन्डरः सौरभ कार्की, अकिव कह, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धामी, रोशन थापा, राज थोकर

मिडफिल्डरः अविशेक वाइवा, दीपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, प्रितम स्याङ्तान, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

फरवार्डः दीपेश राई, निरञ्जन मल्ल, रोहित सुब्बा रोहन खड्गी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *