मृतकका बुबाआमा केएमसी स्कुल अगाडि भावविव्हल अवस्थामा (भिडिओ) – Nepal Press

मृतकका बुबाआमा केएमसी स्कुल अगाडि भावविव्हल अवस्थामा (भिडिओ)

काठमाडौं । होस्टलको क्यान्टिनमा काम गर्ने महिला कर्मचारीको शव भेटिएपछि बुद्धनगरस्थित केएमसी स्कुल अशान्त बनेको छ ।

मृतकका बुबाआमा स्कुलमा आइपुगेका छन् भने प्रहरीले भित्र कडा सुरक्षा दिइरहेका छन् । काभ्रेको रोसी गाउँपालिकाकी २० वर्षीया रमा रायमाझीको हिजो राति झुण्डिएको अवस्थामा शव फेला परेको थियो । उनको हत्या भएको हुन सक्ने परिवारको आशंका छ ।

मृतकका बुबाआमा स्कुलबाहिर भावविव्हल अवस्थामा छन् । पिडित परिवारका तर्फबाट केही व्यक्तिहरुले प्रहरीसँग विवाद गरेका थिए । उनीहरुले मिडियालाई भित्र पसाएर पारदर्शी अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । बुबाआमाले भने मिडियासँग बोलेका छैनन् । अहिले विद्यालय, प्रशासन र मृतकका परिवारबीच वार्ताको तयारी भइरहेको छ ।

तस्बिरहरु:  उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *