बैंकपछि बीमा मर्जर सुरु, सूर्य लाइफ र ज्योति लाइफबीच समझदारी – Nepal Press

बैंकपछि बीमा मर्जर सुरु, सूर्य लाइफ र ज्योति लाइफबीच समझदारी

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामा मर्जरको लहर नै चलेको छ । नेपाल राष्ट्र बैंकले विभिन्न सेवा सुविधा दिएपछि एकपछि अर्को बैंक तथा वित्तीय संस्थाहरू मर्जरमा गइरहेका छन् ।

अब बैंकमात्रै नभएर बीमा कम्पनीहरू पनि मर्जरमा जान तयार देखिएका छन् । यसको सुरुआत सूर्य लाइफ र ज्योति लाइफबाट भएको छ ।

यी दुई कम्पनीबीच भएको सहमति पछि नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दुवै कम्पनीहरूको सेयर कारोबार रोक्का गरिएको छ ।

नेपाल राष्ट्र बैंकको अध्ययनले पनि नेपालमा ११ देखि १५ वटासम्म बैंक भए पुग्ने अध्ययन प्रतिवेदन केही समय अघि सार्वजनिक गरेको थियो । अहिले जीवन बीमा कम्पनीको संख्या १९ वटा रहेको छ । निर्जीवन बीमा कम्पनीको संख्या २० वटा रहेको छ । यसरी बीमा कम्पनीहरूको कूल संख्या ३९ रहे पनि बीमा कम्पनीहरूमा मर्जको होड चलिरहेको छ ।

यी बाहेक दुई वटा पूनर्बीमा कम्पनी सरकारी तर्फ नेपाल पूनर्बीमा कम्पनी तथा निजी तर्फ हिमालयन रि इन्स्योरेन्स सञ्चालनमा छन् ।

हालसम्म जीवन बीमातर्फ यूनियन लाइफ, गुँराश लाइफ तथा प्राईम लाइफ इन्स्योरेन्सले मर्जरकालागि सम्झौता गरेका छन् । त्यस्तै, हिजो आइतबार मात्रै ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्सले मर्जरकालागि समझदारी पत्रमा हस्ताक्षर गरेको अवस्था छ ।

यता निर्जीवन बीमातर्फ भने हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको मर्जर पक्का पक्की जस्तै भइरहेको छ ।

साथै, अन्य सबै कम्पनीहरूलाई बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि फोर्स मर्जरको अवधारणा लिएर अघि बढेको देखिन्छ । अधिकांश कम्पनीहरूले मर्जर सम्बन्धी प्रस्तावलाई आफ्नो साधारण सभाबाट पारित गराई सकेको अवस्था छ । यस पनि बीमा कम्पनीहरू सहजै मर्जरमा जाने अवस्था रहेको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी २ अर्बबाट ५ अर्ब रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी १ अर्बबाट साढे २ अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएसँगै एका एक बीमा क्षेत्रमा मर्जरको लहर चल्न थालेको हो ।

अझै पनि केही बीमा कम्पनी आफ्नो चुक्ता पुँजी बढाउने योजनामा छन् । भने बाँकी कम्पनीहरूलाई मर्जरको कुनै विकल्प छैन । सोही कारण बीमा क्षेत्रमा धमाधम मर्जरले गति पाइरहेको छ ।

नेपालमा आवश्यकता भन्दा धेरै बैंक तथा बीमा कम्पनीहरू रहेको भनेर बेला बेलामा चर्चा हुने गरेको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंकहरुलाई मर्जरमा जान र बीमा समितिले बीमा कम्पनीहरूलाई मर्जरमा जाँदा विभिन्न छुट दिएका छन् । त्यसैले पनि बैंक र बीमा कम्पनीहरू भकाभक मर्जरमा जान थालेका छन् ।

बीम समितिले भने मर्जरमा जादा के कु छुट तथा सुविधा दिने भनेर प्रस्ट परिसकेको छैन । समितिले मर्जको निर्देशिका बनाउने क्रममा नै रहेको छ ।

नेपाल राष्ट्र बैंकले भने यो आर्थिक वर्ष भित्र मर्जरमा जाने बैंकलाई भने विभिन्न छुट र सुविधा दिने भएर मर्जरमा जाने तयारीमा रहेका बैंकहरुमा लामै लिस्ट तयार भएको छ ।

केहि दिन अघि मात्रै नविल बैंक र नेपाल बंगलादेश बैंक बीच मर्जको सहमति भएको थियो । तर अहिले यी दुई बैंक बीच कर्मचारी र अन्य विषयका विवाद सुरु भएको छ । भने मर्जरको सहमति भने यथावत् नै रहेको छ ।

पछिल्लो १ महिनामा नै ६ वटा वाणिज्य बैंकहरुले मर्जरमा जाने सम्झौता गरिसकेका छन् । भने बाँकी धेरै बैंकहरु पनि मर्जरको लागि छलफलमा रहेका छन् ।

त्यस्तै जेठ २७ गते नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक पनि मर्जरमा सम्झौता भइसकेको छ । असार २ गते ग्लोबल आईएमई र बैंक अफ काठमाडाैं बीच पनि मर्जर जाने सम्झौता भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर