मैत्रीपूर्ण खेलमा ब्राजिलले जापानलाई हरायो, नेइमार बने निर्णायक – Nepal Press

मैत्रीपूर्ण खेलमा ब्राजिलले जापानलाई हरायो, नेइमार बने निर्णायक

टोकियो । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा सोमबार ब्राजिलले जापानलाई १-० गोलले हराएको छ ।

ब्राजिलको जितमा नेइमारले निर्णायक गोल गरे । उनले ७७ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

टोकियोस्थित नेशनल ओलम्पिक स्टेडियममा करिब ६४ हजार दर्शकसामु खेलिएको खेलमा घरेलु टोलीले राम्रो प्रदर्शन गरे पनि हार टार्न सकेन ।

जापानले ८ खेलपछि पहिलो हार बेहोरेको हो। गत अक्टोबरमा साउदी अरबसँग १-० गोलले पराजित भएयता जापानले ७ जित र एक बराबरीको नतिजा निकालेको थियो । ब्राजिलले पनि १३ खेलयता हार बेहोरेको छैन।

गत कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँग पराजित भएयता ब्राजिलले १० जित र ३ बराबरीको नतिजा निकालेको छ । ब्राजिलले अर्को मैत्रीपूर्ण खेल जुन ११ तारिखमा अर्जेन्टिनासँग खेल्दै छ ।

नेइमार ब्राजिलका सर्वकालिक सर्वाधिक गोलकर्ताका रूपमा पेलेको कीर्तिमान बराबरी गर्नबाट तीन गोलले मात्र पछाडि छन्। उनले एक सय १८ खेलमा ७३ गोल गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर