रहस्यकै गर्भमा दरबार हत्याकाण्डको २१ वर्ष – Nepal Press

रहस्यकै गर्भमा दरबार हत्याकाण्डको २१ वर्ष

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहसँगै उनको वंश विनाश हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ । तर, अझैसम्म उक्त हत्याकाण्ड कसले, किन गर्यो भन्ने रहस्यमै छ ।

२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनास हुने गरी हत्याकाण्ड भएको थियो । हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो । तत्कालीन युवराज दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक भएको थियो । तर त्यसलाई धेरै नेपालीले पत्याएका छैनन् ।

पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर