विद्यार्थीलाई रारा घुमाउन बाजुराबाट जाँदै गरेको जीप दुर्घटना, १२ जना घाइते – Nepal Press

विद्यार्थीलाई रारा घुमाउन बाजुराबाट जाँदै गरेको जीप दुर्घटना, १२ जना घाइते

मुगु । बाजुराबाट रारातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आज बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ८२४९ नम्बरको जीप मुगु खत्याड गाउँपालिका–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा नौजना विद्यार्थी, दुई शिक्षक र एक जना चालक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये चालकबाहेक सबैको अवस्था सामान्य छ ।
घाइते चालक तथा जीप मालिक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट २५ मिटर तल खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *