कृषि विकास सहकारीका सञ्चालक थापासहित ४ जना पक्राउ – Nepal Press

कृषि विकास सहकारीका सञ्चालक थापासहित ४ जना पक्राउ

काठमाडौं । कृषि विकास बहुउदेश्य सहकारी संस्थाका सञ्चालक तेज विक्रम थापासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बचतकर्ताको२ अर्ब ८२ करोड रुपैयाँ रकम अपचलन गरेर फरार भएका थापासहितका सञ्चालकलाई उपत्यका अपराध महाशाखाको टोलीले पक्राउ गरिएको स्रोतले बताएको छ ।

आजै पत्रकार सम्मेलन गरेर विस्तुत सार्वजनिक गर्ने तयारी गरेको छ । थापा तनहुँका नेपाली कांग्रेसका नेता पनि हुन् ।

सहकारी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेश (टीओआर) मा पनि उक्त सहकारीको नाम उल्लेख गरिएको छ ।

थापा संलग्न कृषि सहकारीको पनि छानबिन हुने टीओआरमा उल्लेख गरिएको छ । समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका २९ सहकारी संस्थाको नाममा उक्त सहकारीको नाम उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर