स्वीट्जरल्याण्डमा बस्ने गौतमद्वारा लिखुका दुई विद्यालयमा शैक्षिक सामग्री र पोशाक वितरण – Nepal Press

स्वीट्जरल्याण्डमा बस्ने गौतमद्वारा लिखुका दुई विद्यालयमा शैक्षिक सामग्री र पोशाक वितरण

काठमाडौं । स्वीट्जरल्याण्डलाई कर्मभूमि बनाएका जनार्दन गौतमले ओखलढुंगाको लिखु गाउँपालिकामा अवस्थित दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक सहयोग गरेका छन् ।

विगत दुई दशकदेखि प्रवासमा बसेर कर्म गरिरहेका गौतमले आफ्नो जन्मदेश तथा जन्मभूमिको लागि केही गरौं भन्ने भावनाका कारण लिखु गाउँपालिकाका लेती र भीमसेनस्थान माद्यामिक विद्यालयका विद्यार्थीहरुलाई पठनपाठनका सामग्री र विद्यालय पोशाक प्रदान गरेका हुन् ।

उक्त ठाउँ अत्यन्तै दुर्गम भएको र विपन्न वर्गका विद्यार्थीहरुलाई पठनपाठनका सामग्री तथा पोशाक जुटाउन धौधौ हुने महसुस भएर आफूले सामग्री वितरण गरेको गौतमले बताए ।

उनी हरेक वर्ष नेपाल आएर आफ्नो केही समय समाज सेवामा बिताउने गौतमले जे जी फाउन्डेशन नामक संस्थामार्फत दुर्गम तथा पहुँच नभएको ठाउँहरुमा यस्ता खालका समाज सेवा गर्दै आएका छन् ।

उक्त फाउन्डेशनले यसअघि हेल्थ क्याम्प, विद्यालय निर्माण, सामाजिक सचेतना कार्यक्रम गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *