आफ्ना महत्त्वपूर्ण फाइल सुरक्षित राख्न चाहनुहुन्छ ? यी हुन् नि:शुल्क क्लाउड स्टोरेज – Nepal Press

आफ्ना महत्त्वपूर्ण फाइल सुरक्षित राख्न चाहनुहुन्छ ? यी हुन् नि:शुल्क क्लाउड स्टोरेज

काठमाडौं । आजभन्दा करिब १० वर्षअघि मोबाइल अथवा कम्प्युटरबाट कुनै फायल अथवा फोटो/भिडियो ट्रान्सफर गर्नका लागि छुट्टै मेमोरी अथवा पेन ड्राइभ प्रयोग हुने गर्दथ्यो । तर, अहिले फोटो/भिडियो तथा फायलहरू पठाउनका लागि छुट्टै ड्राइभ बोकिरहनु पर्दैन । सबै कुरा अनलाइनमार्फत हुने गर्दछ । जुन प्रविधिको विकाससङै जोडिएको कुरा हो ।

अहिले सबै कुरा अनलाइन भण्डारण अर्थात् अनलाइन स्टोर गर्ने गरिन्छ । चाहेँ फोटो, भिडियो, डकुमेन्ट तथा फायल सबै अनलाइन ड्राइभहरूमा सेभ गर्ने गर्दछौँ ।

अनलाइनमार्फत सेभ गरेको डेटालाई बोकेर कतै हिँड्नुपर्ने आवश्यक हुँदैन । आफूलाई आवश्यक परेको बेलामा एक्सेस गर्न सकिन्छ । जसको उदाहरण सबैले प्रयोग गर्दै आएको गुगल ड्राइभ हो ।

गुगल ड्राइभले हाम्रा डेटाहरूलाई सेभ गरेर राखेको हुन्छ । उक्त डेटालाई हामीले कुनै पनि कम्प्युटर तथा डिभाइसमा लगइन गरेर एक्सेस गर्न सक्छौँ । यस्ता सेवा प्रदान गर्नेहरूलाई क्लाउड स्टोरेज प्रोभाइडरका रूपमा चिनिन्छ ।

क्लाउड स्टोरेज प्रोभाइडरहरुले डेटा राखे बापतको शुल्क लिने गर्दछन् । तर, यहाँ हामीले केही निःशुल्क पैसा तिर्नु नपर्ने क्लाउड प्रोभाइडरहरु उल्लेख गरेका छौँ । जहाँ बिना शुल्क आफ्नो डेटालाई स्टोर गरेर राख्न सकिन्छ ।

यी हुन केही निःशुल्क क्लाउड स्टोरेज प्रोभाइडरः

गुगल ड्राइभ

सबैले अधिकांश सुन्ने गरेको र प्रयोग गर्ने गरेको गुगल ड्राइभ हो । जसमा गुगलले सबै प्रयोगकर्ताहरूलाई १५ जिबी स्टोरेज निःशुल्क प्रदान गरेको छ । गुगलले सबैभन्दा सुरक्षित सेक्युरेटी प्रदान गरेको हुन्छ ।

आफूलाई चाहिने आवश्यक १५ बिजी सम्म फाइल, फोटो, अडियो, भिडियो तथा डकुमेन्ट सबै निःशुल्क सेभ गरेर राख्न सकिन्छ । यदि १५ जिबी भन्दा बढी स्टोरेज आवश्यक परेमा जतिसुकै पनि बढाउन सकिन्छ । तर, शुल्क तिरेर बढाउन सकिन्छ ।

वान ड्राइभ

माइक्रोसफ्ट कम्पनीको वान ड्राइभले ५ जिबीसम्मको स्टोरेज अर्थात् भण्डारण दिने गर्दछ । गुगलको ड्राइभभन्दा निकै कम स्टोरेज निःशुल्क प्रदान गरिए तापनि केही अत्यन्त सुरक्षित र गोप्य फिचरहरू उपलब्ध हुने गर्दछन् ।

माइक्रोसफ्टले प्रदान गरेको वान ड्राइभले ‘सिकिरेट वल्ट इनक्रिप्सन’ फिचर दिएको छ । जहाँ प्रयोगकर्ताले आफ्नो बेग्लै सिकिरेट सेक्सन बनाउन सकिन्छ । उक्त सिकिरेट सेक्सनमा आफ्नो प्राइभेट तथा गोप्य अति आवश्यक खुलाउन नमिल्ने फाइल, फोटो, भिडियो तथा डकुमेन्टहरू राख्न सकिन्छ ।

ठूला र अत्यधिक फाइलहरु राख्नका लागि माइक्रोसफ्टको यो वान ड्राइभले निःशुल्क प्रदान गर्ने ५ बिजी अलिक कम हुन्छ । यसमा प्रयोगकर्ताले अति आवश्यक डकुमेन्ट तथा कम स्टोरेज भएका फाइलहरु राख्नका लागि राम्रो हुन्छ । यसमा पनि शुल्क तिरेर आफ्नो स्टोरेज बढाउन सकिन्छ ।

आइस ड्राइभ

आइस ड्राइभले सबैलाई सुरुमा निःशुल्क १० जिबीको स्टोरेज सेवा प्रदान गर्दछ । अन्य स्टोरेज प्रोभाइडरभन्दा छिटो र स्मुथ मानिने आइस ड्राइभले युरोपियन स्टयार्डड सेक्युरिटी प्रदान गर्दछ । जुन सबैका लागि सुरक्षित र भरपर्दो मान्न सकिन्छ । १० जिबीभन्दा बढी स्टोरेज चाहिएमा शुल्क तिरेर यसलाई बढाउन सकिन्छ ।

मेघा

मेघाले सुरुमै सबैलाई २० बिजी स्टोरेज निःशुल्क प्रदान गर्ने गर्दछ । यसका साथै मेघाले प्रयोगकर्ताको प्रयोगको आधारमा ५ बिजी पनि थप स्टोरेज निःशुल्क प्रदान गर्ने गर्दछ ।

जुन यसको मुख्य विशेषता हो । यसको नराम्रो पक्ष भनेको मेघालाई निरन्तर प्रयोग गरिरहनुपर्दछ । यसले निरन्तर प्रयोग न गर्ने प्रयोगकर्ताहरूले आइडीलाई एक्सपायर गरिदिने गर्दछ ।

मिडिया फायर

मिडिया फायरले सुरुमा प्रयोगकर्तालाई १० जिबी निःशुल्क स्टोरेज प्रदान गर्ने गर्दछ । भने, यसमा नयाँ प्रयोकर्ताहरुलाई जोड्नमा सहयोग पुर्‍याएमा ५० जिबीसम्म निःशुल्क स्टोरेज पुर्‍याउन सकिन्छ ।

यसमा पनि शुल्क तिरेर आफूलाई आवश्यक स्टोरेज बढाउन सकिन्छ । मिडिया फायरबाट फायल सेयरिङका लागि एकदमै राम्रो विकल्प हुनसक्छ । यसमा कपि राइट अर्थात् अन्य व्यक्तिबाट चोरिएका कन्टेन्टहरुलाई यसले सेन्सर गर्न सक्छ । व्यक्तिगत विवरणका लागि त्यति सुरक्षित मानिँदैन ।

आई क्लाउड

एप्पल कम्पनीको ‘आई क्लाउड’ ले ५ जिबीको निःशुल्क स्टोरेज सुविधा प्रदान गर्दछ । आई फोन अथवा एप्पल कम्पनीको डिभाइसका लागि आई क्लाउड एकदमै राम्रो हुन्छ । यसले पुरानो सबै डाटालाई सेभ गरेर राख्दछ । तर, ५ जिबी अहिलेको कन्टेक्स्टमा एकदमै कम हुन जान्छ ।

निःशुल्क प्रयोग गर्नका लागि ५ जिबी अलिक कम नै हो । तर, यसमा शुल्क तिर्ने हो भने, जिबीमा मात्रै नभएर टिबीसम्मको स्टोरेज पाउन सकिन्छ ।

सुरक्षाको दृष्टिकोणबाट एप्पलले सेक्युरिटी एकदमै सुरक्षित मानिन्छ । त्यसैले यो आई क्लाउडलाई प्रयोग गर्नका लागि त्यति सोच्नुपर्ने देखिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *