पोखराबाट १० शव लिएर काठमाडौं ओर्लियो सेनाको हेलिकोप्टर (तस्बिरहरु) – Nepal Press

पोखराबाट १० शव लिएर काठमाडौं ओर्लियो सेनाको हेलिकोप्टर (तस्बिरहरु)

काठमाडौं । आइतबार पोखराबाट जोमसोम जाँदै गरेको मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त हुदाँ मृत्यु भएका १० जनाको शव बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाडौंका आइपुगेको छ । आइतबार तारा एयरको ट्वीनअटर विमान दुर्घटना हुदाँ उक्त विमानका सबै २२ जना यात्रुको मृत्यु भएको थियो ।

मृत्यु भएकामध्ये पहिलो चरणमा १० जनाको शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथी नारायण सिलवालले नेपाल प्रेसलाई जानकारी दिए ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको ट्वीनअटर विमान एक दिनपछि सोमबार मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भन्ने स्थानमा १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

तस्बिरहरु: उमेश कार्की ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *