प्रदेशकाे नामकरण प्रक्रिया आरम्भ भयाे- मुख्यमन्त्री राई – Nepal Press

प्रदेशकाे नामकरण प्रक्रिया आरम्भ भयाे- मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया आरम्भ भएको बताएका छन् । उनले प्रदेशको नामकरणमा सहमति खोज्न दलहरुसँग छलफल सुरु गरिएको पनि जानकारी दिए ।

प्रदेशसभाको साेमबार भएकाे बजेट बैठकमा मुख्यमन्त्री राईले अहिले पनि एमाले प्रदेशकाे नामकरण गर्ने पक्षमा नरहेको बताए ।

उनले एमालेलाई नामकरणको नेतृत्व गर्न आग्रह गरे । एमालेसँग बहुमत सांसद रहेकाले यसको नेतृत्व गर्नुपर्ने उनकाे भनाइ छ । ‘नामकरण सकेसम्म सहमतिमा नभए प्रक्रियाबाट भए पनि यसलाई चाँडै टुंग्याउनुपर्छ’, मुख्यमन्त्री राईले भने, ‘नामका कारण बदनाम भएकाले अब नाम जसरी भए पनि बजेट अधिवेशनबाट टुंग्याउनपर्छ ।’

उनले प्रदेशको विकास बजेट ९० प्रतिशत पुर्‍याउने दाबी गरे । अघिल्लो सरकारले अनुशासनहीन भएर बजेट ल्याएकाले अहिले प्रदेश सरकार आर्थिक सकटाेन्मुख रहेको बताउँदै मुख्यमन्त्री राईले बहुवर्षीय आयोजनाको दायित्व २७ करोड बढी रहेकाले ती योजनाको समयमै भुक्तान दिन नसकिएको जानकारी दिए । ‘हिजोको सरकारले गरेको कामले आजको सरकार संकटमा परेको छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर