इटहरीको मेयरमा कांग्रेसका हेमकर्ण र उपमेयरमा एमालेकी संगीता निर्वाचित – Nepal Press

इटहरीको मेयरमा कांग्रेसका हेमकर्ण र उपमेयरमा एमालेकी संगीता निर्वाचित

काठमाडौं । इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएका छन् ।

मेयरमा एमालेका यामकुमार सुब्बालाई पराजित गर्दै गठबन्धनबाट उम्मेदवार बनेका पौडेल निर्वाचित भएका हुन् । पौडेलले ३३०४९ मत पाए भने सुब्बाले २८०३१ मत पाए ।

उपमेयरमा विजयी चौधरीले ३२४३६ मत ल्याइन् भने नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले १८०३१ मत पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर