घोराहीमा गठबन्धनलाई हराउँदै फराकिलो मतान्तरले एमालेका चौधरी निर्वाचित – Nepal Press

घोराहीमा गठबन्धनलाई हराउँदै फराकिलो मतान्तरले एमालेका चौधरी निर्वाचित

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै नेकपा एमालेका नरुलाल चौधरी विजयी भएका छन् ।

चौधरी ३१, ७२८ मत ल्याएर निर्वाचित भएका हु । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोखरेलले २६, ३६८ मत प्राप्त गरे ।

उपप्रमुखमा नेकपा एमालेकै हुमाकुमारी डिसी ३०, ४०३ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका भुपबहादुर डागीले ३०, ३५४ मत ल्याएको मुख्य निर्वाचन अधिकृत रितेन्द् थापाले जानकारी दिए ।

घोराही उपमहानगरपालिकामा १९ वडा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर