झलनाथको क्षेत्रमा गठबन्धन पराजित, माइजोगमाईको अध्यक्षमा एमालेका थेबे निर्वाचित – Nepal Press

झलनाथको क्षेत्रमा गठबन्धन पराजित, माइजोगमाईको अध्यक्षमा एमालेका थेबे निर्वाचित

काठमाडौं । इलामको माइजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कुशवहादुर थेबे निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनबाट नेकपा एसका उम्मेदवार जीतवहादुर राईलाई पराजित गर्दै उनी बिजयी भएका हुन् । थेबे ५,१३५ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) उम्मेदवार जीतबहादुर राईलाई २२२ मतान्तरले पराजित गरेका हुन् । पराजित जीतबहादुर राईले ४,९१३ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने गठबन्धनबाट नेपाली कांग्रेसकी प्रविना राई निर्वाचित भएकी छन् । यो नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र हो ।

खनालकै जोडबलमा सो पालिकाको अध्यक्ष गठबन्धनबाट नेकपा एसले पाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर