गठबन्धनभन्दा प्रतिगमन बलियो छ : केसी – Nepal Press

गठबन्धनभन्दा प्रतिगमन बलियो छ : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनभन्दा प्रतिगमन बलियो भएको बताएका छन् ।

गठबन्धनको संयुक्त चुनावी सभामा बोल्दै अध्यक्ष केसीले पाँच दलीय गठबन्धनलाई मजबुत बनाउन नसके प्रतिगमनकारी शक्ति हावी हुने बताए ।

‘गठबन्धनभन्दा बलियो छ प्रतिगमन । नेपालमा प्रतिगमन एक्लै छैन । प्रतिगमनले गणतन्त्र र संसद सिध्याउन खोज्दा जनताले पाएको दुःख बिर्सनुहुँदैन । हामीबीच इमानदार सहकार्य हुनुपर्छ’, केसीले भने ।

गणतन्त्र जोगाउनकै लागि राष्ट्रिय जनमोर्चा गठबन्धनमा सामेल भएको भन्दै केसीले गठबन्धनमाथि प्रतिगमनको प्रहार जारी रहेको बताए ।

अघिल्लो निर्वाचनमा वामपन्थीबीच एकता भए पनि जनमतको दुरुपयोग भएका कारण वाम–लोकतान्त्रिक गठबन्धन गर्नुपरेको उनकाे भनाइ छ ।

काठमाडौंसहित देशैभर गठबन्धनका उम्मेदवारले चुनाव जित्नुपर्ने भन्दै केसीले गठबन्धनले जितेका ठाउँमा कुराभन्दा काम धेरै हुनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

One thought on “गठबन्धनभन्दा प्रतिगमन बलियो छ : केसी

  1. प्रतिगमन भनेर के गर्नु राजा नभै सुशासन नहुने भो के सी ज्यु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर