आईजीपीको मुद्दामा महान्यायाधिवक्ताको इन्ट्री, सुनुवाइ लम्ब्याएर धकेल्ने उद्देश्य – Nepal Press

आईजीपीको मुद्दामा महान्यायाधिवक्ताको इन्ट्री, सुनुवाइ लम्ब्याएर धकेल्ने उद्देश्य

काठमाडौं । आईजीपी नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै सरकारको निर्णय बदर गर्न परेको रिटमाथिको सुनुवाइमा महान्यायाधिवक्ता कार्यालयले आफू पनि भाग लिन पाउनुपर्ने माग गरेपछि दोहोरो बहस भएको छ ।

सामान्यतः अन्तरिम आदेश मागेर परेका यस्ता रिटमाथिको सुनुवाइमा निवेदकको पक्षबाट मात्र बहस हुन्छ र न्यायाधीशले अवस्था हेरेर आदेश दिने वा नदिने प्रचलन छ ।

आइजिपी नियुक्ति प्रकरणमा महान्यायाधिवक्ता खम्म खातीले पनि निवेदन दिएर बहस गरेका छन् । उनले चुनावको बेला आइजिपी नियुक्ति बदरको अन्तरिम आदेशले सुरक्षा व्यवस्थामै असर गर्ने भन्दै रिट खारेजीको माग गरेका छन् ।

न्यायाधीश सुष्मालता माथेको इजलासमा पोखरेलको रिटमाथि सुनुवाइ भइरहेका बेला महान्यायाधिवक्ता खाती आफूहरू पनि सुनुवाइमा सहभागी हुन पाउनुपर्ने भन्दै निवेदन लिएर गएका थिए ।

खातीसहित सरकार पक्षका ७ जना वकिलले बहसका लागि नाम लेखाएका छन् ।

दोहोरो बहस लम्ब्याएर मुद्दालाई पछिसम्म धकेल्नका लागि सरकार पक्षले यस्तो गरेको पोखरेल पक्षका वकिलहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *