एनभीए भलिबल लिग : एपीएफसँग आर्मी पराजित – Nepal Press

एनभीए भलिबल लिग : एपीएफसँग आर्मी पराजित

काठमाडौं । त्रिभुवन आर्मी क्लब जारी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा एपीएफ क्लबसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मङ्गलवार भएको महिला तर्फको दोस्रो खेलमा एपीएफले आर्मीलाई २७–२५, १३–२५, २५–२१, २५–२३ को नतिजामा हराउँदै लिगमा पहिलो जित निकाल्यो ।

यसअघि सोमबार भएको खेलमा एपीएफ विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबसँग ३–१ को सेटमा पराजित भएको थियो भने आर्मीले पहिलो खेलमा एभरेस्ट भलिबल क्लबलाई २५–१९, २५–७, २५–१८ को साझो सेटमा पराजित गरेको थियो ।

मङ्गलवार पुरुष तर्फ तीन खेलहरू हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर