एनभीए भलिबल क्लब लिगः न्यू डायमन्ड एभरेष्टसँग पराजित – Nepal Press

एनभीए भलिबल क्लब लिगः न्यू डायमन्ड एभरेष्टसँग पराजित

काठमाडौं । साविक विजेता न्यू डायमन्ड स्पोर्टस क्लब जारी एनभीए महिला तथा पुरुष भलिबल क्लब लिगमा एभरेष्ट भलिबल क्लबसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न महिला तर्फको पहिलो खेलमा न्यू डायमन्डलाई एभरेष्टले ३–२ का सेटमा हरायो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा २६–२४ ले पराजित भएको न्यू डायमन्डले दोस्रो र तेस्रो सेटमा लगातार, १३–२५, २०–२५ को जित निकालेको थियो । चौथो सेटमा न्यू डायमन्ड २५–२१ ले पराजित भएपछि खेल पाँचौ सेटमा लम्बिएको थियो ।

पाँचौं सेटमा न्यू डायमन्डविरु १५–१३ ले जित निकाल्दै एभरेष्टले प्रतियोसगतामा पहिलो जित दर्ता गर्यो ।
यसअघि मंगलबार भएको पहिलो खेलमा एभरष्ट त्रिभुवन आर्मी क्लबसँग २५–१९, २५–७, २५–१८ को साझो सेटमा पराजित भएको थियो ।

मंगलबार नै हुने महिला तर्फको दोस्रो खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर