वर्षाका कारण नेपाल र जिम्बावे ए बीचको खेल रोकियो – Nepal Press

वर्षाका कारण नेपाल र जिम्बावे ए बीचको खेल रोकियो

काठमाडौं । नेपाल र जिम्बावे ए बीचको दोस्रो खेल प्रभावित भएको छ ।

दिउँसो १ बजेबाट सुरु भएको खेल वर्षाका कारण केही समय रोकिएको हाे ।

खेलमा नेपालले टस जितेर पहिलो फिल्डिङ गरिरहेको छ । जिम्बावे ए ले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रन जोडेको छ ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार वर्षा रोकिएपछि खेल पुनः सुरु हुनेछ ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर