काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंह, अन्य उम्मेदवार तय गर्न बैठक बस्दै – Nepal Press

काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंह, अन्य उम्मेदवार तय गर्न बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको छ । नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनाको उम्मेदवारीमा शीर्ष नेताहरुबीच सहमति भइसकेको छ ।

बाँकी महानग र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टुंगो लगाउँन केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । शीर्ष नेताहरुको बैठकमा बिराटनगर र ललितपुरको मेयरबारे टुंगो लाग्न सकेको छैन ।

अन्य दलले मेयर पाएका पोखरा,बिरगन्ज र भरतपुरको उपमेयरमा पनि आकांक्षीहरुको ठूलो संख्या रहेकाले नेताहरु आन्तरिक छलफलमा छन् । काठमाडौंको हकमा भने प्रकाशमानले नै अन्य आकांक्षीहरु मिलाएपछि सहज भएको नेताहरुले बताएका छन् ।


प्रतिक्रिया

One thought on “काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंह, अन्य उम्मेदवार तय गर्न बैठक बस्दै

  1. आफूलाई सभापतिमा जिताएकाे गुन तिर्न देउवाले प्रकाशमानकाे बुढीलाई मेयरमा सिफारिश गरे । जिन्दगीभर काँग्रेस भनेर हिडेकाहरू हिस्स ।बागी त आउनुपर्ने हाे । देउवाले प्रधानमन्त्री र सभापती सुनिश्चित गर्ने भन्दा अरू कुनै काम गर्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर