रुससँग लड्न तेस्रो मुलुकमा युक्रेनी सैनिकलाई हतियार तालिम दिँदै अमेरिका – Nepal Press

रुससँग लड्न तेस्रो मुलुकमा युक्रेनी सैनिकलाई हतियार तालिम दिँदै अमेरिका

काठमाडौं । अमेरिकाले युक्रेनका सैनिकहरुलाई लामो दूरी प्रहार गर्न सकिने आधुनिक हतियार सञ्चालनको तालिम दिन सुरु गरेको छ ।

बिहीबार अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले युक्रेनी सैनिकहरुको एक समूहलाई उक्त तालिम दिन सुरु गरिएको बताएका हुन् ।

उक्त तालिम युक्रेनमा नभई अरु कुनै स्थानमा सुरु गरिएको ती अधिकारीको भनाइ छ । अधिकारीले अन्तर्राष्टि«य सञ्चारमाध्यम रोयटर्सले जानकारी गराएअनुसार उक्त समूहमा ५० जनाभन्दा बढी युक्रेनी सैनिक सहभागी छन् ।

रुससँग लड्न हाल युक्रेनले अमेरिकालगायतका पश्चिमी देशहरुसँग हतियार सहयोग मागिरहेको अवस्थामा अमेरिकाले उक्त तालिम सुरु गरेको जानकारी गराएको हो । अमेरिकाले १ हप्ताअगाडि मात्र युक्रेनलाई ८ सय मिलियन डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो । जसअनुसार बुधबारमात्रै अमेरिकाले युक्रेनलाई केही लडाकु विमानहरु सहयोग गरेको समाचार सार्वजनिक भएको थियो ।

यसअघि जारी युद्धमा युक्रेनलाई सैन्य सहयोग नगर्ने नीति अघि सारेको अमेरिकाले हालैका दिनहरुमा आफ्नो नीति परिवर्तन गरेको अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर