दैलेखको चामुण्डा बिन्द्रासैनीमा शाही बने एमालेका उम्मेदवार – Nepal Press

दैलेखको चामुण्डा बिन्द्रासैनीमा शाही बने एमालेका उम्मेदवार

सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एमालेले सूर्यबहादुर शाहीलाई मेयरका लागि अगाडि सार्ने भएको छ ।

आज बसेको नगर कमिटी बैठकले शाहीलाई मेयरका लागि अगाडि सार्ने निर्णय गरेको हो । शाही एमाले दैलेख अध्यक्षको दावेदार भएपनि निर्वाचनमा पराजित भएका थिए ।

उनी पूर्व भूम समस्या समाधान आयोगका जिल्ला अध्यक्ष, नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।

यस्तै नगर उपप्रमुख र वडा अध्यक्षको टुंगो भने ३० गते लाग्ने एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर