प्रधानमन्त्रीले बोलाए सत्तागठबन्धनको बैठक, चुनावी तालमेलबारे छलफल – Nepal Press

प्रधानमन्त्रीले बोलाए सत्तागठबन्धनको बैठक, चुनावी तालमेलबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्न सत्तागठबन्धनको शीर्ष बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मध्याह्न बोलाइएको बैठकमा गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेता सहभागी हुनेछन् । बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनावी तालमेलमा अहिलेसम्म भएका प्रगतिबारे समेत जानकारी गराउने बताइएको छ ।

केन्द्रबाट गठबन्धनको सैद्धान्तिक निर्णय भएसँगै विभिन्न जिल्लामा सत्ता गठबन्धनले संयन्त्र बनाएर तालमेलको तयारी गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर