पाँच विकेटले हरायो कोलकत्ताले मुम्बईलाई – Nepal Press

पाँच विकेटले हरायो कोलकत्ताले मुम्बईलाई

काठमाडौं । मुम्बई इण्डियन्सलाई पाँच विकेटले हराउँदै कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी– ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति पुनेमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

कोलकत्ताको जितमा पाट कुमिन्स बिस्पोटक ब्याटिङ गर्दै १५ बलमा अविजित रहदै ५६ रन बनाए । भेन्काटेस आयरले ५० रनको योगदान गरे । मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले २–२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा चार विकेट गुमाएर १६१ रनको योगफल तयार पारेको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५२ रन बनाए । कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक २ विकेट लिए ।

जितसँगै कोलकत्ताले ४ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो हारसँगै मुम्बईले अंक जोड्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर