मलेसियाविरुद्ध दीपेन्द्रको अर्धशतक – Nepal Press

मलेसियाविरुद्ध दीपेन्द्रको अर्धशतक

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले मलेसियाविरुद्ध अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपालका लागि मलेसियाविरुद्ध उनले ३६ बलमा ७ चौकासहित ५० रन पुरा गरे । टी–२० अन्तर्राष्ट्रियमा यो उनको पाँचौँ अर्धशतक हो ।

आरिफ शेख आउट भएपछि चौथो नम्बरमा क्रिजमा आएका दीपेन्द्रले तेस्रो विकेटका लागि रोहित पौडेलसँग ९२ रनको साझेदारी गरेका थिए । रोहित ३४ बलमा ५१ रनको योगदान गरेर पभेलियन फर्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *