व्यापारिक क्षेत्र विस्तार गर्न लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता – Nepal Press

व्यापारिक क्षेत्र विस्तार गर्न लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेड बीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता भएको छ ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले सम्झौतापत्र आदानप्रदान गरेका हुन् ।

उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै त्तच् भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउने छ ।

साथै यो सम्झौताल दुई बैंक बीच मानव संसाधन, प्रविधि र सञ्चालन लगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर