गद्दी बैठकको दृश्य : नेपाल एकीकरणदेखि गणतन्त्रसम्म (तस्बिरहरु) – Nepal Press

गद्दी बैठकको दृश्य : नेपाल एकीकरणदेखि गणतन्त्रसम्म (तस्बिरहरु)

काठमाडाैं । वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको छ ।

विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसनअन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोष मिलेर जीर्णोद्धार गरिएको हो ।

गद्दी बैठकको तल्लो तलामा रहेका तीन वटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र पनि आजदेखि सर्वसाधारणले अवलोकन गर्न सकिने हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।

लामो समयपछि खुला भएको उक्त ऐतिहासिक गद्दी बैठक अवलोकनका लागि सर्वसाधारणले अतिरिक्त शुल्क तिर्नुपर्दैन । यसअघि प्रवेश दरबार परिसरमा प्रवेश गर्दा तिर्दै आएको शुल्कले नै बैठकको पनि अवलोकन गर्न सकिने प्रमुख खनालले जानकारी दिए।

भूकम्पपछि गद्दी बैठकको जीर्णोद्धार सम्पन्न गरेर विसं २०७५ असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । गद्दी बैठकको भुईँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विभिन्न किसिमका घटनाक्रम समेटेर प्रदर्शनको व्यवस्था गरिएको छ । उक्त कक्षमा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएका हातहतियारसमेत प्रदर्शनमा राखिएको छ ।

त्यसै गरी हनुमान दरबारमा रहेका केही चोकलगायत दरबारसँग सम्बन्धित १०० वर्षअघिका फोटो र पुराना गरगहनासमेत यहाँ देख्न पाइने छ ।

गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९६५ मा युरोपेली वास्तु शैलीमा निर्माण गरेका हुन् ।

तस्बिरहरु : गाैरव  पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर