१८ औँ शताब्दीका ती शासक, जसको सम्पत्ति एलन मस्क र जेफ बेजोजकोभन्दा बढी थियो – Nepal Press

१८ औँ शताब्दीका ती शासक, जसको सम्पत्ति एलन मस्क र जेफ बेजोजकोभन्दा बढी थियो

मुम्बई । वर्तमान समयमा संसारकै सबैभन्दा धनी व्यक्तिहरुको नाम लिनुपर्दा टेस्ला कम्पनीका सीईओ एलन मस्क पहिलो नंम्बरमा आउँछन् भने अमेजन कम्पनीका संस्थापक जेफ बेजोज दोस्रो नंम्बरमा आउँछन् ।

उनिहरुको कूल सम्पत्तिलाई जोड्दा ४ सय ६० बिलियन अमेरिकी डलरभन्दा बढी हुन आउँछ । अहिलेको २१ औँ शताब्दीमा जहाँ संसारका सबैभन्दा धनी कहलिएका व्यक्तीहरुको कुल सम्पत्ति ४ सय ६० बिलियन अमेरिकी डलरको नेरोफेरो रहेको छ ।

त्यहाँ १८ शताब्दीका एक भारतीय मुगल शासकको सम्पत्ति एलन मस्क र जेफ बेजोजकोभन्दा पनि बढी थियोभन्दा धेरैलाई पत्यार नलाग्न सक्छ यद्यपि यो साँचो हो ।

१८ औँ शताब्दीमा भारतको मुर्शिदाबादका शासक रहेका सेठ फटेचन्द भनिने जगत सेठलाई तत्कालीन समयमा विश्व बैंकको रुपमा लिईने गरिन्थ्यो भने उनको सम्पत्तिलाई हालको समयमा अनुमान लगाउँदा १००० बिलियन पाउण्डको हाराहारी थियो भन्ने गरिन्छ ।

सन् १७२० को समयमा सेठ फटेचन्दको कुल सम्पत्ति ब्रिटिश राज्यको कुल अर्थतन्त्रभन्दा पनि बढी थियो भन्ने गरिन्छ भने ब्रिटिश पेपरका अनुसार इङ्ल्याण्डका सबै बैंकको पैसा जोड्दा पनि उनको सम्पत्ति भन्दा कम हुन आउथ्यो ।

भारत स्वतन्त्र हुनुपूर्वनै सेठले भारतका विभिन्न सहरहरुमा आफ्नो कार्यलय स्थापना गरेका थिए जुन कार्यलयहरुले अहिलेको बैंककै रुपमा काम गर्थे भन्ने बताइन्छ । उक्त कार्यलयहरुले फरक–फरक सहरहरुमा रहेका आफ्ना अन्य कार्यलयहरुसँग छलफल तथा कारोबार गर्ने आन्तरिक संयन्त्रपनि सो समयकालागि अत्याधुनिक रुपमा विकास गरेका थिए भन्ने गरिन्छ ।

ब्रिटिशहरुले पनि उनिहरुकै संयन्त्र प्रयोग गरेर अन्तर सहरिय कारोबार गर्ने गर्थे भन्ने गरिन्छ । सेठले प्रोचुगिज, फ्रेन्च , ब्रिटिश सरकारलाईसमेत ऋण दिने गरेका थिए । यद्यपी उनको परिवारले दिएको ऋण समयमा उठ्न नसक्दा सेठ परिवारको अधोगती सुरु हुन पुग्यो र सन् १९०० को दशकमा आईपुग्दा उनिहरु पूर्ण रुपमा बर्बाद हुन पुगे । जगत सेठको निवासलाई तत्तपस्चात संघ्रालाय घोषणा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर