बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु – Nepal Press

बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

कैलाली । बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–३ का २५ बर्षीया दुर्गा चन्द रहेका छन् ।
पाटनबाट सुर्नयातर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडक पल्टिँदा गम्भीर घाइते भएका चन्दको उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
त्यस्तै दुर्घटनामा परेर सुर्नया गाउँपालिका ३ का ३५ बर्षीया माधवी चन्द, ३५बर्षीया वसन्ती भट्ट र ३३ बर्षीया कलावती भट्ट घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।
समान्य घाइते भएका सुर्नया–३ कै २८ बर्षीया निर्मला चन्द र ३३ बर्षीया पार्वती बिष्ट पाटनमा उपचारपछि घर फर्किएको प्रहरी निरीक्षक शाहीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *