सिन्धुपाल्चोक कांग्रेसको सभापतिका लागि जंगबहादुर र वंशलाल दोस्रो चरणमा भिड्ने  – Nepal Press

सिन्धुपाल्चोक कांग्रेसको सभापतिका लागि जंगबहादुर र वंशलाल दोस्रो चरणमा भिड्ने 

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ ।

पहिलो चरणमा प्रतिस्पर्धामा रहेका ३ जना सभापतिका उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत नकटाएपछि पहिलो र दोस्रो हुनेबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।

पहिलो चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार जंगबहादुर तामाङले ७ सय ५ मत ल्याएका छन् भने दोस्रो भएका संस्थापनइतर पक्षका वंशलाल तामाङले ६ सय २९ मत ल्याएका छन् ।

त्यस्तै संस्थापन पक्षका असन्तुष्ट उम्मेदवार प्रेमध्वज लामाले ४ सय ९३ मत ल्याएका छन् । पहिलो चरणको निर्वाचनमा १ हजार ८ सय ६७ मत खसेको थियो । अब दोस्रो चरणमा जंगबहादुर र वंशलालबीच प्रतिस्पर्धा हुनेछ ।

जंगबहादुरलाई केन्द्रीय सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य मोहन बस्नेत लगायतको समर्थन रहेको छ । त्यस्तै वंशलाललाई नेता डा.शेखर कोइराला र पूर्व जिल्ला सभापति विकास लामा लगायतको समर्थन रहेको छ । दोस्रो चरणको निर्वाचन आजै गर्ने तयारी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर