एमसीसी छलफल हुन लाग्दा संसद भवन घेराउमा अघि बढेका प्रदर्शनकारी (तस्बिर/भिडिओ) – Nepal Press

एमसीसी छलफल हुन लाग्दा संसद भवन घेराउमा अघि बढेका प्रदर्शनकारी (तस्बिर/भिडिओ)

काठमाडौं । ८ फागुनमा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसी आजबाट छलफलमा लगिँदैछ । सदनमा एमसीसीबारे छलफल हुनै लाग्दा संसद भवनबाहिर भने एमसीसीको विरोधमा प्रदर्शन जारी छ ।

सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी र एकीकृत समाजवादीनिकट भ्रातृ संगठनलगायतले बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीको समूह संसद भवन घेराउ गर्न अगाडि बढिरहेको छ । संसद भवन वरपर जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।

आज बिहान गृहमन्त्री बालकृष्ण खाणले आन्दोलनकारी संगठनका प्रमुखहरूलाई टेलिफोन गरेर गठबन्धनलाई असर नपर्ने गरी शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका थिए ।

आन्दोलनका कारण काठमाडौं उपत्यकाको भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको छ ।

तीनुकने-बानेश्वर भएर चल्ने सवारीसाधनलाई विभिन्न स्थानबाट फर्काइएको ट्राफिक प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर