महासंघले मौद्रिक नीतिको समिक्षाको लागि सेयर र रेमिट्यान्सका विषयमा दियो सुझाव – Nepal Press

महासंघले मौद्रिक नीतिको समिक्षाको लागि सेयर र रेमिट्यान्सका विषयमा दियो सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको समिक्षाका लागि नेपाल राष्ट्र बैकलाई सुझाव दिएको छ । देशको आर्थिक अवस्थाको विभिन्न क्षेत्रलाई समेटेर सुझाव दिएको छ ।

सेयर बजारमा ४/१२ सीमा, तरलता, पुनरकर्जा लगाएतका विषय समेटर सुझाव दिएको हो । चालु आर्थिक वर्षको शुरुबाट नै कोभिड महामारी पछिको अभ्यस्ततासंगै बजारले विस्तारै लय लिन थालेको हो । यस वर्षको पहिलो ६ महिनामा राजस्व संकलन लक्ष्य नजिक छ ।

केन्द्रीय तथ्यांक विभागले गत ५ महिना अवधिमा ५.११ प्रतिशतले आर्थिक वृद्धि भएको आंकलन सार्वजनिक गरेको छ भने समयमै निर्वाचन सम्पन्न भएमा यो वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

यस वर्षको सरकारी लक्ष्य पनि ७ प्रतिशत नै हो । तर अर्थतन्त्र जुर्मुराउने वित्तिकै बजारमा तरलताको समस्या देखिएको छ । यसले आर्थिक विस्तारको रप्mतारलाई सुस्ताइदिएको छ । यतिखेर नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको तयारीमा जुटेको छ । मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षामा निम्न विषयहरुलाई समेट्नु पर्ने सुुझाव नेपाल उद्योग वाणिज्य महासंघको रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *