कांग्रेस नेता महत हायात होटलबाट पक्राउ, युरेनियम कारोबारको आरोप – Nepal Press

कांग्रेस नेता महत हायात होटलबाट पक्राउ, युरेनियम कारोबारको आरोप

काठमाडौं । ललितपुरका कांग्रेस नेता नवराज महत युरेनियम कारोबारको आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले हिजो साँझ महतसहित अन्य केहीलाई हायात होटलको पार्किङबाट पक्राउ गरेको हो ।

आणविक ऊर्जा तथा हतियार बनाउन प्रयोग हुने ‘युरेनियम’ बिक्री-वितरणमा उनीहरू संलग्न रहेको प्रहरी स्रोतको दाबी छ । स्रोतकाअनुसार प्रहरीले नै स्टिङ अपरेसन गरेर उक्त गिरोहसँग खरिदको डिल गरेको थियो ।

पार्किङमा राखिएको गाडीमा लेदरको झोलाभित्र तीन केजी युरेनियम रहेको भन्दै महतको समूह त्यहाँ गएको थियो । स्रोतकाअनुसार प्रतिकेजी ३५ करोडमा बिक्री गर्ने सहमतिपछि उनीहरू हायात पुगेका थिए । प्रहरीले उक्त झोला नखोली परीक्षणका लागि पठाउने तयारी गरेको छ ।

‘युरेनियम खाली आँखाले हेर्दा पनि घातक रोग लाग्छ भनिन्छ । त्यसैले झोला नखोली परीक्षणका लागि पठाउने तयारी भइरहेको छ’, काठमाडौं प्रहरी परिसरका एक अधिकारीले नेपाल प्रेससँग भने ।

यसअघि गत वर्ष महानगरीय प्रहरी कार्यालयले पनि बौद्धबाट बिक्री वितरण हुन लागेको अवस्थामा साढे २ केजी युरेनियमन बरामद भएको भन्दै सार्वजनिक गरेको थियो । तर, त्यो युरेनियम नै हो भनेर पुष्टी हुन सकेन ।

नेपालमा आणविक हतियार र ऊर्जा दुवै नरहेकाले के प्रयोजनका लागि युरेनियम भन्दै बिक्री वितरण हुँदैछ भन्नेतर्फ प्रहरीको अनुसन्धान गम्भिर भएको देखिँदैन ।

महत २०७४ को प्रदेश निर्वाचनमा माओवादी नेता राजकाजी महर्जनसँग पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर