नक्कली मृत्यु प्रमाणपत्रसहित काठमाडौंबाट एक चिनियाँ नागरिक पक्राउ – Nepal Press

नक्कली मृत्यु प्रमाणपत्रसहित काठमाडौंबाट एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नक्कली मृत्यु प्रमाणपत्र (डेथ सर्टिफिकेट)सहित प्रहरीले काठमाडौंको टेकु अस्पतालबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । डेथ सर्टिफिकेटको लिखत किर्ते गरेको कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट ई जो ओ ५०९२७७ पासपोर्ट नम्बर भएका चिनियाँ नागरिक वाङयाङलाई पक्राउ गरेको हो ।

प्रहरीले ती चिनियाँले नक्कली डेथ सर्टिफिकेट बोकेर हिडिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गर्न सफल भएको बताएको छ ।

नक्कली डेथ सर्टिफिकेट र पशुपति आर्यघाट सेवा केन्द्रको नाममा जारी कागजपत्र प्रहरीले ती व्यक्तिबाट बरामद गरेको छ। प्रहरीका अनुसार ती चिनियाँले ग्रीन सिटी अस्पतालको नामबाट जारी भएको नक्कली डेथ सर्टिफिकेट बोकेका थिए।

पक्राउ परेका वाङविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ‘१० ‘किर्ते गर्न नहुने कसूर’मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ। वाङविरुद्ध अनुसन्धानका लागि काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भइ महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर