एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक – Nepal Press

एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । एमसीसीबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले २८ र २९ गते बस्ने गरी बैठक बोलाइएको जानकारी दिए।

यसअघि कोरोनाका कारण पटक–पटक रोकिएको बैठक यसपटक भने भौतिकरुपमै बस्न लागेको ढकालले जानकारी दिए।

बैठकले पदाधिकारीको चयन, नेताहरुको कार्यविभाजन र निर्वाचनसम्बन्धी अभियान पनि घोषणा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर