एमसीसी संसदमा टेबल गर्न कानूनमन्त्रीको प्रस्ताव, सभामुखले भने- छलफलको वातावरण छैन – Nepal Press

एमसीसी संसदमा टेबल गर्न कानूनमन्त्रीको प्रस्ताव, सभामुखले भने- छलफलको वातावरण छैन

काठमाडौं । सरकारले सभामुख अग्नि सापकोटालाई एमसीसी टेबल गर्ने प्रस्ताव राखेको छ । सरकारको तर्फबाट कानूनमन्त्री दिलेन्द्र प्रसाद बडूले सभामुख सापकोटालाई आइतबार भेटेर सो प्रस्ताव गरेका हुन् ।

एमसीसीबारे बाहिर बहस गरेर नहुने भन्दै उनले संसदमा बहस गराउन सभामुखलाई आग्रह गरेका हुन् । सभामुखले भने संसदमा अहिले छलफलको वातावरण नभएको बताएका थिए ।

संसदमा बहस गराऔं भन्ने कानून मन्त्रीको प्रस्ताव आए पनि सभामुखले अहिले संसद अवरुद्ध रहेकाले सरकारले पहिले संसदको अवरोध खुलाउनुपर्ने जवाफ दिएको सभामुख निकट स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर