प्राविधिकतर्फका २२ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित) – Nepal Press

प्राविधिकतर्फका २२ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं। प्राविधिकतर्फका २२ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । उपसचिव बढुवा सिफारिस समितिको बिहीबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा एक सय ६२ जनाबाट २२ जनालाई बढुवाका लागि सिफारिस गरेको हो ।

जस अन्तरगत नेपाल इन्जिनियरिङ सेवा अन्तरगत सिभिल इन्जिनियरिङ समूह हाइवेमा १३ जना र नेपाल इन्जिनियरिङ सेवाकै नेपाल इन्जिनियरिङ समूह जनरल उपसमूह ९ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।

नेपाल इन्जिनियरिङ सेवा अन्तरगत सिभिल इन्जिनियरिङ समूह हाइवेमा १३ जना बढुवाका लागि ३७ जनाले आवेदन दिएका थिए भने, नेपाल इन्जिनियरिङ सेवाकै नेपाल इन्जिनियरिङ समूह जनरल उपसमूहमा ९ जना बढुवाका लागि २६ जनाले आवेदन दिएकोमा २५ जनाको उम्मेदवारी कायम गरिएको थियो ।

यसअघि नेपाल प्रशासन सेवाका सामान्य प्रशासन समूहका ३० जना, लेखापरीक्षण सेवामा १५ जना, नेपाल प्रशासन सेवाको लेखा समूहमा ११ जना र नेपाल प्रशासन सेवाकै राजस्व समूहमा तीन जनाअधिकृत उपसचिवमा बढुवा सिफारिस भइसकेका छन् ।


प्रतिक्रिया

One thought on “प्राविधिकतर्फका २२ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *