पोखरा विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने – Nepal Press

पोखरा विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने

पोखरा । पोखरा विश्वविद्यायले दुई महिना भित्र शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ । शुक्रबार पोखरामा विश्वविद्यालयका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलेलसँगको नीतिगत छलफलपछि विश्वविद्यालयले दुुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो ।

विश्वविद्यालयले गण्डकी प्रदेश त्यस आसपासका क्षेत्रका मेडिकल कलेजहरूलाई सम्बन्धन दिने र अन्य विश्वविद्यालयमा पढाइ नभएका विषय समावेश गर्ने छलफल भएको विश्वविद्यालयका रजिष्ट्रार दीपक भण्डारीले जानकारी दिए ।

विश्वविद्यालयमा पिजियोथेरापी र अप्टोमेटिप विषयको अध्यापनको तयारी भइरहेको बताए । त्यसका लागि अहिले भौतिक संरचनाको काम भइरहेको छ ।

यसअघि बसेको विश्वविद्यालयको सभाले नयाँ विषय र मेडिकल कलेजको सम्बधन दिने विषयमा समेत निर्णय गरिसकेको थियो ।
छलफलमा मन्त्री पौडेलले मुख्यगरी तीन विषयमा ध्यान दिन आग्रह गरे । भौतिक पूर्वाधार, नयाँ विषय र अन्य विश्वविद्यालयभन्दा फरक कोर्स तयार गर्न उनको सुझाव छ ।

विश्वविद्यालय सुधारका लागि कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आवश्यक छलफल गर्ने मन्त्री पौडेलको भनाइ छ ।
‘विश्वविद्यालय सुधारका लागि अन्य विश्वविद्यालयका पदाधिकारीसँग छलफल भइरहेको छ,’ उनले भने, ‘नयाँ योजना र नीतिगत विषयलाई जोड दिनुस्, आवश्यक परे प्रधानमन्त्रीसँग कुरा गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *