मोरिससविरुद्ध पहिलो हाफ : सुजलको गोल, किरणद्वारा पेनाल्टी ‘सेभ’ (तस्बिरहरु) – Nepal Press

मोरिससविरुद्ध पहिलो हाफ : सुजलको गोल, किरणद्वारा पेनाल्टी ‘सेभ’ (तस्बिरहरु)

काठमाडौं । मोरिससविरुद्ध अहिले भइरहेको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलको पहिलो हाफ सकिँदासम्म नेपाल १-० गोलले अगाडि रहेको छ ।

दशरथ रंगशालामा भइरहेको खेलमा नेपाललाई सुजल श्रेष्ठले अग्रता दिलाएका थिए । कर्नर प्रहारबाट आएको बलमा सिक्स यार्ड सर्कलभित्र रहेका सुजलले गोल गरेका थिए ।

एक मिनेटलगत्तै मोरिससले पेनाल्टी प्रहारको अवसर पाएपनि नेपाली टोलीका कप्तानसमेत रहेका गोलरक्षक किरणकुमार चेम्जोङले बिफल बनाए ।

उनल‍े डाइभ गर्दै बल रोकेका थिए । मोरिससका ३४ वर्षीय स्ट्राइकर एन्डी सोफीले गोल गर्न सकेनन् । सन् २००७ देखि सिनियर राष्ट्रिय टोलीमा रहेका सोफीले हालसम्म ७ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

सुजलले ६ वर्षपछि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा गोल गरेका हुन् । यसअघि सन् २०१६ मा आयोजित सोलिडारिटी कपमा उनले मकाउविरुद्ध अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

फाइनलमा सुजलले मकाउविरुद्ध गरेको एकमात्र गोलमा नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो । सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सुजलको यो तेस्रो गोल हो ।

यसअघि पहिलो खेलमा नेपाली टोली १-० गोलले विजयी भएको थियो ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *