एयरपोर्टमा पीसीआर परीक्षण गर्न क्रिस्टल डायग्नोस्टिक र सिद्धि पोलिक्लिनिकलाई अनुमति – Nepal Press

एयरपोर्टमा पीसीआर परीक्षण गर्न क्रिस्टल डायग्नोस्टिक र सिद्धि पोलिक्लिनिकलाई अनुमति

काठमाडौं । त्रिभुवन विमानस्थलमा कोरोनाभाइरस परीक्षणका लागि थप दुईवटा प्रयोगशालाले अनुमति पाएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले क्रिस्टल डायनोस्टिक, सिद्धि पोलिक्निकलाई विमानस्थलमा पीसीआर परीक्षणका लागि अनुमति दिएको हो ।

यसअघि एयरपोर्टमा स्टार अस्पताल, सुमेरु अस्पताल र महेन्द्रनारायण निधि मेमोरियल अस्पताल प्रयोगशालाले मान्यता पाएका थिए । स्वास्थ्य मन्त्रालयले विमानस्थल परिसरमा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन सम्बन्धी कार्यविधि २०७८ जारी समेत गरेको छ ।

गत पुस २५ गते स्वीकृती प्राप्त यसकार्यविधि अनुसार माथि उल्लेखित ३ र थप २ प्रयोगशालाले विमानस्थलमा पीसीआर परीक्षणका लागि मान्यता पाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर