जनशक्ति नहुँदा भेन्टिलेटरसहितको आईसीयू थन्कियो – Nepal Press

जनशक्ति नहुँदा भेन्टिलेटरसहितको आईसीयू थन्कियो

बैतडी । जनशक्ति अभावमा जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन । कोरोना संक्रमण बढ्न थालेपछि गत वर्ष जडान गरिएको भेन्टिलेटरसहितको आईसीयू सञ्चालनमा आउन नसकेको हो ।

दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा ल्याउन नसकिएको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए । उनले भने, ‘सरकारले जनशक्ति नपठाउँदा भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालनमा समस्या भएको छ । भेन्टिलेटर सञ्चालनका लागि नभई नहुने एनेस्थेसियोलोजिस्ट र फिजिसियन चिकित्सकको अभाव छ ।’

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत वर्षको मङ्सिरमा भेन्टिलेटरसहितको दुई शय्याको आइसीयू कक्ष स्थापना गरिएको थियो ।

अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा कोरोनाको महामारीमा पनि प्रयोगमा ल्याउन नसकिएको अस्पतालका सूचना अधिकारी हरिशप्रसाद पन्तले बताए । उनले भने, ‘जनशक्ति अभावमा उपकरण जडानपछि त्यस्तै थन्किएको छ ।’

श्वासप्रश्वासमा समस्या भएका जटिल खालाका संक्रमितलाई अहिले डडेल्धुरा तथा कैलाली जिल्ला पठाउनु परेको र कतिपयको भने त्यहाँ नपुग्दै बाटो नै मृत्यु हुने गरेको थियो । भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना संक्रमणका कारण हालसम्म १९ जनाले ज्यान गुमाएका छन् ।

प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहितको आइसीयू कक्ष राख्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णयअनुरूप कक्ष सञ्चालनमा ल्याइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर