पछिल्लो २४ घण्टामा भारतमा ९५९ जनाको मृत्यु, २ लाख ९ हजार संक्रमित थपिए – Nepal Press

पछिल्लो २४ घण्टामा भारतमा ९५९ जनाको मृत्यु, २ लाख ९ हजार संक्रमित थपिए

नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा कोभिडको तेस्रो लहरयताकै धेरैजनाको मृत्यु पुष्टि भएको छ । त्यहाँ सोमबार ९५९ जनाको मृत्यु भएको छ ।

थप २ लाख ९ हजार ९१८ जना संक्रमित पुष्टि भएका छन् । संक्रमण संख्यामा कमी आएपछि भारतमा मृत्युमा भने बढोत्तरी भएको छ ।

त्यहाँ थप २ लाख ६२ हजार जना निको भएका छन् । सक्रिय संक्रमित संख्या १८ लाख ३१ हजार २६८ पुगेको छ । भारतको पजेटिभिटी रेट १५.७७ प्रतिशत पुगेको छ ।

राजधानी नयाँदिल्ली, मुम्बईजस्ता मुख्य सहरमा संक्रमितको संख्यामा गिरावट देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर