कोरोनामुक्त हुनेको संख्या बढ्दै, २४ घण्टामा ३५४० संक्रमित – Nepal Press

कोरोनामुक्त हुनेको संख्या बढ्दै, २४ घण्टामा ३५४० संक्रमित

६३५९ जना डिस्चार्ज

काठमाडौं । आज नेपालमा ३५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ जनाको परीक्षणमा सो संख्यामा संक्रमण देखिएको हो ।

९ हजार ९१० जनाको पीसीआर गर्दा ३०४९ र ३२३५ को एन्टीजेन परीक्षणमा ४९१ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयले आज ६३५९ जना डिस्चार्ज भएको जनाएको छ ।

यस्तै कोरोनाबाट थप ३२ जनाको मृत्यु भएको छ । यो पछिल्लो २४ घण्टाको विवरण भने होइन । मन्त्रालयले विभिन्न अस्पतालबाट ढिलोगरि मृत्यु भएकाहरुको विवरण आएकाले आज अद्यावधिक गरिएको जनाएको छ ।

आज देशभरी ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर