कोरोना संक्रमितको एकिन विवरण पठाउन प्रयोगशालाहरुलाई मन्त्रालयको आग्रह – Nepal Press

कोरोना संक्रमितको एकिन विवरण पठाउन प्रयोगशालाहरुलाई मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालाहरुलाई कोरोना संक्रमितहरुको एकिन तथ्यांक दिन अनुरोध गरेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरिएन्ट सहित कोभिड–१९ संक्रमण बढिरहेकोले यसको व्यवस्थापनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किटहरु प्रयोग गरी परीक्षण गरिएको नतिजाको सम्पूर्ण विवरण सरकारी निकायहरुलाई दिन भनेको हो ।

मन्त्रालयले विवरण पठाउनका लागि आवश्यक ढाँचासहितको पत्र प्रयोगशालाहरुलाई पठाएको छ ।

जानकारी नगराएका संघ, संस्था, निकाय, नियोगहरुले परीक्षणको नतिजा [email protected] मा इमेल तथा कल सेन्टरको निः शुल्क नम्बरमा पनि पठाउन मन्त्रालयले अपिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर