कोभिड संक्रमितलाई चिकित्सक संघले भोलिदेखि कल सेन्टर सुरु गर्ने – Nepal Press

कोभिड संक्रमितलाई चिकित्सक संघले भोलिदेखि कल सेन्टर सुरु गर्ने

काठमाडौं । कोभिडको तेस्रो लहर बढ्दै गएकाले कोरोना संक्रमितलाई नेपाल चिकित्सक संघले कल सेन्टर सुरु गर्ने भएको छ । संक्रमितहरुले भोलीबाट सुरु हुने कल सेन्टरबाट परामर्श लिन सक्ने संघले जनाएको छ ।

संघका महासचिव डा बद्री रिजालले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्पूर्ण नागरिकहरुले स्वास्थ्य सम्बन्धि समस्याका लागि नेपाल चिकित्सक संघको ११५६ नम्बरको कल सेन्टरमा सम्पर्क राखी आवश्यक परामर्श लिनुहुन हार्दिक अपिल गर्दछु ।’

संघ, अमेरिका नेपाल मेडिकल फाउन्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा कल सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो। बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म कल सेन्टरबाट परामर्श दिइने संघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर