भारतमा ३ लाख ६ हजार संक्रमित थपिए, ४३९ जनाको मृत्यु – Nepal Press

भारतमा ३ लाख ६ हजार संक्रमित थपिए, ४३९ जनाको मृत्यु

दिल्ली । भारतमा पछिल्ला पाँच दिनमा लगातार कोरोनाभाइरसका ३ लाखभन्दा बढी संक्रमित थपिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार जना संक्रमित भेटिएका छन् ।

सोही अवधीमा ४३९ जनाले ज्यान गुमाएका छन् भने २ लाख ४३ हजार जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या २२ लाख ७५ हजार पुगेको छ । पछिल्ला दिनमा नयाँ संक्रमित संख्यामा केही कमी आएको छ । सोमबारबो संक्रमित संख्या आइतबारभन्दा २७ हजार अर्थात ८.२३ प्रतिशतले कम हो । भारतमा तेस्रो लहरको पिक अहिलेसम्म आउन सकेको छैन ।

भारतमा तेस्रो लहरको पिक आगामी १४ दिनमा आउने विभिन्न अध्ययनले देखाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर