अनेमसंघ महोत्तरीको अध्यक्षमा सरस्वती चौधरी सर्वसम्मत – Nepal Press

अनेमसंघ महोत्तरीको अध्यक्षमा सरस्वती चौधरी सर्वसम्मत

महोत्तरी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको महोत्तरी जिल्ला अध्यक्षमा सरस्वती चौधरी सर्वसम्मत निर्वाचित भएकी छन् ।

महोत्तरीको बर्दिबासमा सम्पन्न जिल्ला भेलाले चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । युवा संघको केन्द्रीय नेतृत्वमा रहिसकेकी चौधरी बर्दिबासकी एमाले नेता हुन् ।

भेलाले जिल्ला कमिटीका सबै पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन गरेको छ ।

भेलामा एमाले नेताहरु सुजिता शाक्य,जुलीकुमारी महतो,रामदयाल मण्डल,सरोजकुमार यादव,टेकवहादुर बलम्पाकी,शारदा थापा,दुर्गा दाहाल लगायतले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर